FAQs Complain Problems

संक्षिप्त परिचय

सबैला नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र एवं प्रदेश नं. २ मा अवस्थित छ । नेपालको ७७ जिल्ला मध्ये एक धनुषा जिल्लामा १८ स्थानीय तह रहेको छ । जसमध्ये १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउपालिका छन । कुल ६४.४७ बर्ग कि. मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका साविकको ९ वटा गा.वि.स.हरु क्रमशः पटेर्वा, सबैला, मनहर्वा, ठिल्ला यदुवा, सतोषर, खरिहानी, कजरा रमौल (६–९ वडा) र रघुनाथपुर मिलेर बनेका छन् । सबैला नगर कार्य पालिकाको कार्यालय सबैलामा रहको छ । यो नगरपालिका जिल्लाको सदरमुकामबाट १७.८ कि.मि. पुर्व-उत्तरमा रहेको छ ।  

सबैला नगरपालिका अक्षांस २६' ८१" उत्तर र देशान्तर ८६' ०९" पुर्वमा अवस्थित रहेको छ । यस नगरपालिकाको पूर्बमा सिरहा जिल्ला, पश्चिममा मिथिला बिहारी न.पा., उत्तरमा धनुषाधाम न.पा. र गणेशमान चारनाथ न.पा. तथा दक्षिणमा शहिदनगर न.पा. र हंसपुर गा.पा. पर्दछ ।