FAQs Complain Problems

नवौं नगर सभा सम्पन्न

सबैला नगरपालिकाको नवौं नगर सभाको अधिवेशन उदघाटन सम्पन्न

सबैला नगरपालिकाको नगर सभाको नवौं अधिवेशनको उदघाटन सम्पन्न भएको छ । सो कार्यक्रममा नगर प्रमुख श्री कारीराम यादव ज्यूबाट आ.व. २०८०/८१ को लागि नगरको निती तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

नगर प्रमुख यादवको सभापतित्वमा भएको कायर्क्रम प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण पौडेल ज्यूले सञ्चालन गर्नुभएको थियो भने प्रमुख अतिथि मधेश प्रदेशका पूर्व मन्त्री मा. श्री भरत प्रसाद शाह ज्यू , विशिष्ट अतिथि धनुषा निर्वाचन क्षेत्र नं. 1 क का प्रदेश सभा सदस्य मा. श्री संजय कुमार महतो ज्यू रहनुभएको थियो ।

नेकपा एमाले जिल्ला अध्यक्ष श्री राजकिशोर यादव ज्यू, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष श्री दिपक यादव ज्यू , नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोसपा, जनमत पार्टीका नगर अध्यक्षज्यूहरुले शुभकामना मन्तव्य राख्नुभयो ।

कार्यक्रममा सरस्वती मा वि ठिल्लाका विद्यार्थीकरुले राष्ट्रिय गान र दुई वटा नृत्य तथा राम प्रसाद मा वि का विद्यार्थीहरुले दुई वटा नृत्य प्रस्तुत गरेका थिए ।